कुल ७२ कम्पनीको सेयर मूल्य बढ्यो, १७२ कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ८.२४ अंकले घटेको छ । आइतबारको तुलनामा शून्य दशमलव ३१ प्रतिशतले घटेपछि समग्र नेप्से २६२२.८९ विन्दुमा ओर्लिएको छ ।
कुल ७२ कम्पनीको सेयर मूल्य बढ्यो, १७२ कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
५४ हजार ९८२ पटकको सेयर किनबेचमा ६ अर्ब ५ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर किनबेच भएको छ ।
कुल १३ उपसमूहमध्ये विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमूहबाहेक सबै घट्यो ।
मुक्तिनाथ कृषि कम्पनीको ९.९९, एक्सेल डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ । इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले सेयर मूल्य घटेपछि सर्किट ब्रेक लाग्यो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, राधी विद्युत् कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट र युनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ ।
