आज सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ७०० ले बढेको छ भने चाँदी प्रतितोला पाँचले घटेको छ ।

कार्तिक १६, २०८२

रासस

Today's gold price is Rs 239,700 per tola.

काठमाडौँ — गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ७०० ले बढेको छ भने चाँदी प्रतितोला पाँचले घटेको छ ।

गत शुक्रबार तोलाको दुई लाख ३९ हजारमा कारोबार भएको  एक तोला सुनको मूल्य आज दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला तीन हजार ५५ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

रासस

Link copied successfully