सातामा ९६.५३ अंकले बढ्यो नेप्से

कारोबारमा आएकामध्ये २ सय ३६ कम्पनीको सेयर मूल्य बढ्यो, १२ कम्पनीको घट्यो 

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

NEPSE rises by 96.53 points in the week

काठमाडौँ — गत साता सेयर कारोबार मापक नेप्से परिसूचक ९६.५३ अंकले बढेको छ । साताभर ३.८६ प्रतिशतको वृद्धिपछि नेप्से २६ सय दशमलव ३८ बिन्दुमा उक्लिएको छ । गत साता चार दिन मात्रै सेयर कारोबार भयो । आइतबार ५.१९ अंकले नेप्से बढेको थियो । छठ पर्वका कारण सोमबार सेयर बजार बन्द थियो ।

मंगलबार ६२.३९ अंकले बढेको सेयर बजार बुधबार ५.१७ अंकले बढेको थियो । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३४.२२ अंकको वृद्धि भएको थियो ।

सातामा कारोबारमा आएकामध्ये २ सय ३६ कम्पनीको सेयर मूल्य बढ्यो, १२ कम्पनीको घटेको एनपी स्टक्स डटकमले जनाएको छ । कुल २ करोड ३७ लाख पटकको सेयर किनबेचमा १२ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

गत साता कारोबारमा आएका सबै उपसमूह बढे । जलविद्युत् ६.३४, जीवन बिमा ५.५२, होटल तथा पर्यटन ५.२१, अन्य ४.८७, विकास बैंक ४.४८, निर्जीवन बिमा ४.२३, लघुवित्त ४.१४, लगानी ४.०४, फाइनान्स ३.२३, व्यापार २.९९, उत्पादन तथा प्रशोधन १.८६ र बैंकिङ १.५४ प्रतिशतले बढे ।

राधी विद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर, बुटवल पावर, फर्स्ट माइक्रोफाइनान्स, न्यादी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माईखोला हाइड्रोपावर, लुम्बिनी विकास बैंक, गुराँस लघुवित्त र श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनलगायत कम्पनीले गत साता कमाए । राधी विद्युत् कम्पनीको २०.०३, खानीखोला हाइड्रोपावरको १९.०६, बुटवल पावरको १७.५०, फर्स्ट माइक्रोफाइनान्सको १६.६०, न्यादी हाइड्रोपावरको १५.७५, सुपर मादी हाइड्रोपावरको १४.४४, माईखोला हाइड्रोपावरको १४.२५, लुम्बिनी विकास बैंकको १४.०८, गुराँस लघुवित्तको १३.६३ र श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको १२.९२ प्रतिशतले सेयर मूल्य बढ्यो ।

तारागाउँ रिजेन्सी, भगवती हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, एसियन हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, सामुदायिक लघुवित्त, मिडसोलु हाइड्रोपावर, एभरेस्ट बैंक, बोटलर्स नेपाल (तराई) र सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टका लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्य गुमाए ।

तारागाउँ रिजेन्सीको ९.५५, भगवती हाइड्रोपावरको ८.७६, सुपरमाई हाइड्रोपावरको ५.७३, एसियन हाइड्रोपावरको ५.२८, आत्मनिर्भर लघुवित्तको ३.९५, सामुदायिक लघुवित्तको २.०७, मिडसोलु हाइड्रोपावरको १.५१, एभरेस्ट बैंकको शून्य दशमलव ९५, बोटलर्स नेपाल (तराई) को शून्य दशमलव ८८ र सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको शून्य दशमलव ७८ प्रतिशतले सेयर मूल्य घट्यो ।

कारोबार रकमका आधारमा नेपाल रि–इन्स्योरेन्स, राधी विद्युत् कम्पनी, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, हिमालयन रि–इन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, साहस ऊर्जा र हिमालय डिस्टिलरी अघि रहे ।

नेपाल रि–इन्स्योरेन्सको ९८ करोड १९ लाख, राधी विद्युत् कम्पनीको ८७ करोड ८५ लाख, युनियन हाइड्रोपावरको ८४ करोड ३४ लाख, हिमालयन पावर पार्टनरको ६६ करोड ७१ लाख, बुटवल पावरको ६५ करोड २५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ६० करोड २१ लाख, हिमालयन रि–इन्स्योरेन्सको ५५ करोड २ लाख, सीईडीबी होल्डिङ्सको ५० करोड ७९ लाख, साहस ऊर्जाको ४९ करोड ६६ लाख र हिमालय डिस्टिलरीको ४५ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

साताभार ९६.५३ अंकले नेप्से बढेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) १ खर्ब ६१ अर्ब ३८ करोड ७९ लाख रुपैयाँले बढेको छ  । अघिल्लो आइतबार ४१ खर्ब ८५ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो बिहीबार ४३ खर्ब ४७ अर्ब १६ करोड १३ लाख रुपैयाँ कायम भएको छ । 

कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण बढ्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा बढी हुनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिन्छ ।

गत साता कमाएका ७ कम्पनी 

–राधी विद्युत् कम्पनी२०.०३ प्रतिशत 

–खानीखोला हाइड्रोपावर१९.०६ प्रतिशत 

–बुटवल पावर१७.५० प्रतिशत 

–फर्स्ट माइक्रोफाइनान्स१६.६० प्रतिशत 

–न्यादी हाइड्रोपावर१५.७५ प्रतिशत 

–सुपर मादी हाइड्रोपावर१४.४४ प्रतिशत 

–माईखोला हाइड्रोपावर१४.२५ प्रतिशत 

गत साता गुमाएका ७ कम्पनी 

–तारागाउँ रिजेन्सी–९.५५ प्रतिशत 

–भगवती हाइड्रोपावर–८.७६ प्रतिशत 

–सुपरमाई हाइड्रोपावर–५.७३ प्रतिशत 

–एसियन हाइड्रोपावर–५.२८ प्रतिशत 

–आत्मनिर्भर लघुवित्त–३.९५ प्रतिशत 

–सामुदायिक लघुवित्त–२.०७ प्रतिशत 

–मिडसोलु हाइड्रोपावर–१.५१ प्रतिशत 

कान्तिपुर

Link copied successfully