खराब मौसमका कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द

विमान कम्पनीहरूले यात्रुहरूलाई वैकल्पिक योजना बनाउन अनि आवश्यक सूचना प्राप्त गर्न नियमित वायुसेका फेसबुक पेज, एपमा अपडेट हेर्न आग्रह गरेका छन्।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Pokhara, Bharatpur and Tumlingtar airports closed due to bad weather

काठमाडौँ — पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थलमा खराब मौसम र कम दृश्यता (भिजिबिलिटी) का कारण उडान बन्द गरिएको छ।  यी विमानस्थलमा काठमाडौंबाट उडान हुन नसकेको बुद्ध एयरले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार, भद्रपुर विमानस्थल भने खुल्ने प्रक्रियामा रहेको छ। यात्रु तथा विमान सेवाग्राहीहरुलाई यात्राअघि उडान स्थिति जाँच गर्न वायुसेवा कम्पनीहरुले सुझाव दिएका छ्न । मौसम सुधार नभएसम्म यी विमानस्थलमा उडान सञ्चालनमा बाधा रहन सक्ने भनिएको  छ।

विमान कम्पनीहरूले यात्रुहरूलाई वैकल्पिक योजना बनाउन अनि आवश्यक सूचना प्राप्त गर्न नियमित वायुसेका फेसबुक पेज, एपमा अपडेट हेर्न आग्रह गरेका छन्।

कान्तिपुर

Link copied successfully