बिहीबार प्रतितोला २ लाख ३६ हजार ३ सयमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
काठमाडौँ — सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ लाख ३६ हजार ३ सयमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ९ सय ९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
