गत आर्थिक वर्षको तीन महिनामा ९ अर्ब ८३ करोड २८ लाख रुपैयाँको ६ लाख ५५ हजार ६३१ थान मोबाइल आयात भएको थियो ।
काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिनामा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँको स्मार्टफोन आयात गरिएको छ । सोही अवधिमा दुई अर्ब ६१ करोड ९४ लख ७६ हजारको ल्यापटप र नोटबुक आयात भएको भन्सार विभागको तथ्यांक छ ।
विभागका अनुसार ८ लाख ४ हजार ८६९ थान मोबाइल आयात भएको छ । गत आर्थिक वर्षको तीन महिनामा ९ अर्ब ८३ करोड २८ लाख रुपैयाँको ६ लाख ५५ हजार ६३१ थान मोबाइल आयात भएको थियो ।
विभागका अनुसार गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्ष ६ हजार ४ सय ७६ वटा बढी ल्यापटप र नोटबुक आयात भएको हो । चालु आर्थिक वर्षको तीन महिनामा ३९ हजार ७३२ वटा ल्यापटप र नोटबुक आयात भएको छ ।गत आर्थिक वर्षको सोही अवधिमा ३३ हजार २ सय ८६ थान ल्यापटप र नोटबुक आयात भएको थियो ।
विभागका अनुसार ल्यापटप आयातबापत तीन महिनामा ५० करोड ५३ लाख १० हजार रुपैयाँ राजस्व उठेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा २० करोड ७५ लाख ६७ हजार रुपैयाँको ८ हजार १० वटा ट्याबलेट आयात भएको छ । गत आर्थिक वर्षको तीन महिनामा २ अर्ब २६ करोड ५२ लाख रुपैयाँको ल्यापटप र नोटबुक आयात भएको थियो । गत वर्ष १४ करोड ९० लाख १६ हजार रुपैयाँको ७ हजार २२४ थान ट्याबलेट आयात भएको थियो ।
