नेप्से २६ सय विन्दुमा, साढे ७ अर्ब रुपैयाँको कारोबार

कुल ५३ हजार ११२ पटकको सेयर किनबेचमा ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

NEPSE at 2,600 points, turnover of Rs 7.5 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ११ कारोबार दिनपछि बिहीबार २६ सय विन्दुमा पुगेको छ । नेप्से ३४.२२ अंकको वृद्धिपछि २६ सय दशमलव ३८ विन्दुमा उक्लिएको हो ।

अघिल्लो कारोबारको तुलनामा नेप्से एक दशमलव ३३ प्रतिशतले वृद्धि भएको हो । बुधबार ५‍ दशमलव १७ अंकले घटेर २५ सय ६६ दशमलव १६ विन्दुमा ओर्लिएको थियो ।

कारोबारमा आएका मध्ये २१६ कम्पनीको सेयर मूल्य बढ्यो भने २८ कम्पनीको घट्यो र ५ कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल ५३ हजार ११२ पटकको सेयर किनबेचमा ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर किनबेच भए । 

कुल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक सबै उपसमूहहरु बढे । जीवन बिमा, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, जलविद्युत्लगायत सबै उपसमूहहरु बढे । 

कान्तिपुर

Link copied successfully