तिर्न बाँकी सरकारी ऋण २७ खर्ब ४३ अर्ब

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनुसार हाल आन्तरिक १२ खर्ब ७८ अर्ब र बाह्य १४ खर्ब ४६ अर्ब रुपैयाँ सरकारी ऋण बाँकी छ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

Government debt outstanding: Rs. 2743 billion

काठमाडौँ — गत असोजसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४.६१ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो ।

कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७८ अर्ब ७ करोड (जीडीपीको २०.९३ प्रतिशत) र बाह्य १४ खर्ब ४६ अर्ब ५८ करोड रुपैयाँ (जीडीपीको २३.६९ प्रतिशत) रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ ।

यस वर्ष सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ । यसअनुसार असाजसम्म १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण उठाएको छ ।

कान्तिपुर

Link copied successfully