नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

आजको सेयर बजारमा होटल, व्यापार, जलविद्युत् र लघुवित्त समूहमा वृद्धि देखिए पनि बैंकिङ, बिमा र अन्य समूहमा गिरावट आएको छ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

NEPSE index sees modest decline

What you should know

काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको गिरावट आएको छ । परिसूचक आज पाँच दशमलव १७ अंकले घटेर दुई हजार ५६६ दशमलव १६ को बिन्दुमा कायम भएको हो ।

आज ३२१ कम्पनीको एक करोड १५ लाख एक हजार २८४ कित्ता सेयर ५० हजार ४८७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह दुई दशमलव १५, जलविद्युत् शून्य दशमलव शून्य एक, लघुवित्त शून्य दशमलव १३ र व्यापार समूह दुई प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ३४, विकास बैंक शून्य दशमलव ९१, वित्त शून्य दशमलव ७७, लगानी शून्य दशमलव १७, जीवन बिमा शून्य दशमलव ६४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २८, म्युचुअल फण्ड शून्य दशमलव शून्य आठ, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह एक दशमलव २० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ज्योति विकास बैंक बण्ड–२०८७ को सेयर मूल्य पाँच दशमलव ६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको २३ करोड ६५ लाख २९ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका सेयर सङ्ख्याका आधारमा प्रभु बैंक लिमिटेडको छ लाख १४ हजार ५९ कित्ता सेयर किनबेच भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully