कारोबारमा आएकामध्ये २३६ कम्पनीको सेयर मूल्य बढ्यो भने १२ कम्पनीको मूल्य घटेको छ ।दुई कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ६२.२९ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा २.४८ प्रतिशतले बढेर २५ सय ७१ दशमलव ३४ विन्दुमा उक्लिएको हो ।
कारोबारमा आएका मध्ये २३६ कम्पनीको सेयर मूल्य बढ्यो भने १२ कम्पनीको मूल्य घटेको छ । कुल २ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ४७ हजार ९४ पटकको सेयर खरिदबिक्रीबाट ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर किनबेच भएको छ ।
कुल १३ उपसमूहमध्ये व्यापारबाहेक सबै उपसमूहहरु बढे । व्यापार उपसमूह २८.५७ अंकले घट्यो । जीवन बिमा ४३३.६२ र निर्जीवन बिमा २६६.६४ अंकले बढ्यो ।
