सुनको भाउ आज पनि घट्यो 

प्रतितोला २ लाख ३७ हजारमा कारोबार

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

Gold prices fell again today

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।

गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा २ हजार घटेर २ लाख ३९ हजार ९०० मा किनबेच भएको थियो ।

आज फेरि प्रतितोला २ हजार ९ सय घटेपछि २ लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला ६० रुपैयाँ घटेर २ हजार ९ सय २० मा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ९ सय ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully