आइतबार ३,०१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर २,९८० रुपैयाँमा झरेको छ भने सुनको मूल्य २,४१९०० रुपैयाँमै कायम छ।
काठमाडौँ — स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर दुई हजार ९८० रुपैयाँ रहेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ४१ हजार ९ सय रुपैयाँ र चाँदी तीन हजार १५ रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
