९८ कम्पनीको सेयर मूल्य बढ्दा १४६ कम्पनीका घटेको छ भने ४ वटा कम्पनीको स्थिर रह्यो ।
काठमाडौँ — तिहारपछि खुलेको सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आइतबार नेप्से ५.१९ अंकले बढेर बन्द भएको छ ।
अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ९.०४ बिन्दुमा उक्लिएर बन्द भएको छ ।कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १४६ कम्पनीका घटेको छ भने ४ वटा कम्पनीको स्थिर रह्यो ।
आइतबार २७ हजार ८ सय ९९ पटकको कारोबारमा ५५ लाख ९६ हजार ७७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढ्यो । बाँकी सबै उपसमूहको परिसूचक घट्यो ।
