तीन महिनामा साढे ४ खर्ब रुपैयाँको वस्तु आयात, ७२ अर्बको निर्यात

साउन, भदौ र असोजमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अविधमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

Goods worth Rs 4.5 trillion imported, Rs 72 billion exported in three months

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो । 

भन्सार विभागका अनुसार साउन, भदौ र असोजमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अविधमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । 

कुल व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत छ भने आयातको हिस्सा ८६.५४ प्रतिशत रहेको विभागको तथ्यांक छ । 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ५ खर्ब  ४०  अर्ब रुपैयाँ पुगेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा व्यापार घाटा २६.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ४ खर्ब २९ अर्ब रुपैयाँ थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully