सुनको भाउ तोलामै ११ हजार ६ सय रुपैयाँले घट्यो 

तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६ सय र चाँदी तोलामा २ सय ६५ ले घटेको हो ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

Gold price drops by Rs 11,600 per tola

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज सुनको मूल्य तोलामा २ लाख ४१ हजार ९ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६ सय र चाँदी तोलामा २ सय ६५ ले घटेको हो । कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५ सय र त्यति नै तौलको चाँदी ३ हजार २ सय ८० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४ हजार १ सय १३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully