आज पनि बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ५ सय रुपैयाँ पुगेको छ, हिजोको मूल्यभन्दा ४९८ रुपैयाँले बढी हो।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

Gold price increased today too

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला दुई लाख ५३ हजार ५ सय रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार प्रतितोला दुई लाख ५३ हजार २ रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर तीन हजार २८० रुपैयाँमा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully