आज सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार

आज सुन प्रतितोला दुई लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आश्विन ३१, २०८२

रासस

Today, the price of gold is 258,000 rupees per tola.

काठमाडौँ — सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी प्रतितोला तीन हजार ३५० मा किनबेच हुनेछ । बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ९०० र चाँदी प्रतितोला तीन हजार २७५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँस चार हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

रासस

Link copied successfully