नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यरोबडी जहाजको असोज मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी असोज ३१ गते जम्मा ५३ करोड नौ लाख ५५ हजार २८१ रकम भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।

आश्विन ३१, २०८२

रासस

Nepal Airlines Corporation to pay off aircraft loan by mid-September

काठमाडौँ — नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ ।

निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यरोबडी र दुई वाइडबडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको असोज मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी असोज ३१ गते जम्मा ५३ करोड नौ लाख ५५ हजार २८१ रकम भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।

उनले भने, 'वायुसेवा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असोज मसान्तसम्मको अवधिमा कुल रु आठ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ किस्ता रकम भुक्तानी गरिसकेको छ ।'

त्यसैगरी, विश्वव्यापी कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकाले उक्त अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोधपत्र पठाएको र यस सम्बन्धमा सकारात्मक छलफलसमेत भइरहेको प्रवक्ता डाँगीले बताए ।

रासस

Link copied successfully