सुनको मूल्य हालसम्मकै उच्च

आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ । 

आश्विन ३०, २०८२

रासस

Gold price hits all-time high

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ ले बढेर आज तीन हजार २७५ मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ९०० र चाँदी प्रतितोला तीन हजार २४० मा किनबेच भएको थियो ।

रासस

Link copied successfully