उक्त दिन कारोबारमा आएकामध्ये ४० कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीका घटेको छ भने ५ वटा कम्पनीको स्थिर रहृयो । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
काठमाडौँ — नेप्सेको घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार १९.४३ अंकले घटेर बन्द भएको नेप्से बुधबार २२.५८ अंकले घटेको हो । अघिल्लो दिनको तुलनामा ०.८९ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ५.५८ बिन्दुमा ओर्लेर बन्द भएको छ ।
उक्त दिन कारोबारमा आएकामध्ये ४० कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीका घटेको छ भने ५ वटा कम्पनीको स्थिर रहृयो । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
बुधबार ३५ हजार ७ सय ५० पटकको कारोबारमा ७६ लाख ११ हजार ६ सय ६० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो ।
मंगलबार ३८ हजार ८ सय २७ पटकको कारोबारमा ७४ लाख ८८ हजार २ सय ७३ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष उपसमूहको परिसूचक सामान्य बढ्यो । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।