सेयर बजारमा छैन उत्साह, नेप्से र कारोबार रकम दुवै घट्यो

अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय २८.१६ विन्दुमा ओर्लेर बन्द भएको छ ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

There is no enthusiasm in the stock market, both the NEPSE and the turnover decreased

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १९.४३ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय २८.१६ विन्दुमा ओर्लेर बन्द भएको छ । सोमबार नेप्से ४४ अंकले बढेको थियो ।

सो दिन कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीका घटेको छ भने ५ वटा कम्पनीको स्थिर रह्यो । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो । 

मंगलबार ३८ हजार ८ सय २७ पटकको कारोबारमा ७४ लाख ८८ हजार २ सय ७३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढे । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

कान्तिपुर

Link copied successfully