नेपाल हवाई यातायात नियन्त्रक संघको अध्यक्षमा पौडेल 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको निर्वाचनमा उपाध्यक्ष (पेशागत) हिना झा, उपाध्यक्ष (प्राविधिक) वियनकुमार श्रेष्ठ चुनिएका चन् ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Paudel as the President of Nepal Air Traffic Controllers Association

काठमाडौँ — देशभरका विमानस्थलमा कार्यरत एयर ट्राफिकहरुको पेशागत संगठन नेपाल हवाई यातायात नियन्त्रक संघ (नाट्का)को १४औं कार्यसमितिका लागि मुरारीप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको निर्वाचनमा उपाध्यक्ष (पेशागत) हिना झा, उपाध्यक्ष (प्राविधिक) वियनकुमार श्रेष्ठ चुनिएका चन् । त्यस्तै महासचिव गौरव देउजा, कोषाध्यक्ष निशान्त कुमार झा, सदस्यहरुमा खुमप्रसाद पौडेल, सुष्मा शर्मा, गणेश डुम्रे, सितेश कर्ण, सुजन गिरी र प्रकाशचन्द्र ढकाल चुनिएको निवार्चन समितिले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully