विदेशी मुद्रा सञ्चितिमा फेरि नयाँ रेकर्ड

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Another new record in foreign exchange reserves

काठमाडौँ — गत भदौसम्म मुलुकको विदेशी विनिमय (मुद्रा) सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा कुल विदेशी मुद्रा सञ्चिति ७.६ प्रतिशतले बढेको हो । गत असारमा मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ । 

राष्ट्र बैंकले यस वर्ष सात महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको थियो ।

कान्तिपुर

Link copied successfully