सुनचाँदीको मूल्य हालसम्मकै उच्च

व्यवसायीका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला तीन हजार २२० मा खरिदबिक्री भइरहेको छ।

आश्विन २७, २०८२

रासस

The price of gold and silver is at an all-time high

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला तीन हजार २२० मा खरिदबिक्री हुनेछ ।

हिजो आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार र चाँदी प्रतितोला तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ ।

रासस

Link copied successfully