मालपोत कार्यालय कलंकीको सेवा सुरु

प्रदर्शनका क्रममा आगजनी हुँदा कलंकी कार्यालयको मात्रै रोक्का, थैलीसहित साढे २ लाख जग्गाको स्रेस्ता जलेको कार्यालय प्रमुख रविन ढकालले बताए ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

The service of Malport Office Kalanki has started

काठमाडौँ — मालपोत  कार्यालय, कंलकीले आइतबारदेखि अत्यावश्यक रोक्का, फुकुवाको सेवा मात्र सञ्चालनमा आएको छ ।

भदौ  २३ र २४ मा प्रदर्शनका क्रममा कंलकी कार्यालयमा आगजनी तथा तोडफोड भएपछि सम्पूर्ण सेवा प्रवाह बन्द रहेको थियो । कार्यालयको भुई तल्ला सहित पहिलो तल्ला जोखिममारहेकाले  सोही भवनको  दोस्रो, तेस्रो र चौथो तल्लाबाट आइतबारदेखि सेवा सुचारू गरिएको छ ।

प्रदर्शनका क्रममा आगजनी हुँदा कलंकी कार्यालयको  मात्रै  रोक्का, थैलीसहित साढे २ जग्गाको स्रेस्ता जलेको कार्यालय प्रमुख रविन ढकालले बताए ।

'मिति २०८२।६।२६ गते देखि अत्यावश्यक रोक्का, फुकुवाको सेवा मात्र संचालनरोक्का, फुकुवाको सेवा मात्र संचालन हुने व्यहोरा सूचित गरिन्छ,' उनले भने, 'कार्यालयको सम्पूर्ण सेवा सञ्चालन हुन नसकी सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति कार्यालय क्षमा प्रार्थि छौं ।'

कान्तिपुर

Link copied successfully