फस्ट पे र प्रभु टेक्नोलोजीको अनुमति पत्र खारेज

फस्ट पेले निर्धारित समयमा नवीकरण नगरेपछि यो कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएको हो भने प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेड कम्पनी राम्रोसँग सञ्चालन हुन नसकेको भन्दै राष्ट्र बैंकले अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Cancellation of license of First Pay and Prabhu Technologies

काठमाडौँ — नेपाल राष्ट्र बैंकले फस्ट पे टेक्नोलोजी र प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडको अनुमति पत्र खारेज गरेको छ । फस्ट पेले निर्धारित समयमा नवीकरण नगरेपछि यो कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएको हो ।

यस्ता कम्पनीले सुरुमा ५ वर्षको अनुमतिपत्र दिएको हुन्छ । त्यसपछि कम्पनीले फेरि राष्ट्र बैंकमा गएर नवीकरण गर्नुपर्छ । यो कम्पनीले नवीकरण गर्न नआएपछि अनुमति स्वतः खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडको अनुमति पत्र पनि खारेज गरेको छ । कम्पनी राम्रोसँग सञ्चालन हुन नसकेको भन्दै राष्ट्र बैंकले अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । 

उल्लिखित दुवै संस्थाहरुसँग कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

कान्तिपुर

Link copied successfully