सवारी सुविधा पाउने पदाधिकारी तथा कर्मचारीहरुलाई सवारी सुविधा व्यवस्थापनसम्बन्धी मापदण्ड तर्जुमा गर्ने प्रयोजनका लागि भन्दै सबै सरकारी निकायबाट उक्त विवरण मागिएको हो । विवरण पठाउनका लागि सात दिनको म्याद दिइएको छ ।
काठमाडौँ — अर्थ मन्त्रालयले सरकारी अरु मन्त्रालय/आयोग/सचिवालय, कार्यालयलगायतमा रहेका सवारी सुविधा पाउने कर्मचारीहरुको विवरण मागेको छ ।
सवारी सुविधा पाउने पदाधिकारी तथा कर्मचारीहरुलाई सवारी सुविधा व्यवस्थापनसम्बन्धी मापदण्ड तर्जुमा गर्ने प्रयोजनका लागि भन्दै सबै सरकारी निकायबाट उक्त विवरण मागिएको हो । विवरण पठाउनका लागि सात दिनको म्याद दिइएको छ ।
जसमा सवारी सुविधा लिइरहेको कर्मचारी तथा पदाधिकारीको नाम, दर्जा, सवारीको मोडेल, निर्माण वर्ष, सवारी चालक (स्थायी/अस्थायी)लगायत सम्पर्ण विवरण माग गरिएको अर्थद्वारा जारी पत्रमा उल्लेख छ ।
यस्तो छ पत्र :