कारोबारमा आएका मध्ये कुल २ सय कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ४१ कम्पनीको सेयर मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २२.५९ अंकले बढेको छ । शून्य दशमलव ८८ प्रतिशतले बढेर २५ सय ९२ दशमलव १८ विन्दुमा बन्द भएको छ ।
कारोबारमा आएका मध्ये कुल २ सय कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ४१ कम्पनीको सेयर मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ५६ हजार ३२१ पटकको सेयर किनबेचबाट ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । कुल १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर किनबेच भए ।
व्यापारबाहेक सबै उपसमूहहरु बढे । व्यापार ५६.२३ अंकले घट्यो । जिवन बिमा १६०.७१, निर्जीवन बिमा १००.३९ र होटल तथा पर्यटन ५६.९६ अंकले बढेको छ ।
बिहीबार बजार खुलेको तीन मिनेटमा नै बजार ४ प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको थियो ।। यस अवधिमा २१३ कम्पनीको सेयर मूल्य बढेको छ ।