हवाई सुरक्षा प्रतिवेदन कार्यान्वयनमा लाने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ — सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । त्यस्तै हवाई सुरक्षासम्बन्धी प्रतिवेदन पनि कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
केपी शर्मा ओलीको समयमा न्यायाधीश अनिल सिन्हा हालका उद्योगमन्त्रीको नेतृत्वमा हवाई क्षेत्रका बारेमा अध्ययन गर्न न्यायिक समिति गठन भएको थियो । समितिले बुझाएको प्रतिवेदन सरकारले गोप्य राखेको थियो ।
*यसअघि शीर्षकमा अन्यथा पर्न गएकाले सच्याइएको ।
