जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

Chaudhary Group's announcement to provide employment to the families of martyrs of Gen-G movement

काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा चौधरी ग्रुपले समवेदना र उच्च सम्मान व्यक्त गर्दै प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।

चौधरी ग्रुपले बुधबार विज्ञप्तिमार्फत आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएको उल्लेख गर्दै पनि पुनःनिर्माणको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,'यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ र आशा, सहानुभूति तथा सम्मानसहित देशको उज्ज्वल भविष्य निर्माण गर्नेछौँ,' चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भनेका छन् ।

चौधरी ग्रुपले आफ्नो टिममार्फत सम्पूर्ण सहिद परिवारसँग सम्पर्क गरिरहेको र सो प्रक्रियामा सहयोग गर्नका लागि इच्छुक व्यक्तिहरूले कम्पनीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न सक्ने जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully