नेप्सेमा आज ५५ हजार ४५० पटकको कारोबारबाट ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भयो, अधिकांश कम्पनीको मूल्य घट्यो।
काठमाडौँ — दसैँपछि खुलेको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ५८.५५ अंकले घटेको छ । दुई दशमलव १९ प्रतिशतले घटेर २६ सय ४ दशमलव ९६ विन्दुमा बन्द भएको छ ।
कुल १६ कम्पनीको सेयर मूल्य बढ्यो । कुल २३५ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो । कुल ५५ हजार ४५० पटकको सेयर कारोबारबाट ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
