नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

यस आर्थिक वर्षमा दक्षिण एसियाली क्षेत्रको औसत आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने प्रक्षेपण छ ।

आश्विन २१, २०८२

कान्तिपुर संवाददाता

The economic growth rate of Nepal is projected to be 2.1 percent by the World Bank

काठमाडौँ — चालु आर्थिक वर्ष (सन् २०२६) मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार सार्वजनिक गरिएको साउथ एसिया डेभलपमेन्ट अपडेटले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदरमा कमी आउने प्रक्षेपण गरेको हो । 

यो प्रक्षेपण अन्य दक्षिण एसियाली मुलुकको तुलनामा कम हो । यस आर्थिक वर्षमा दक्षिण एसियाली क्षेत्रको औसत आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने प्रक्षेपण छ ।

यो पनि यसअघिको प्रक्षेपणभन्दा कम हो । यस्तै, भुटानको आर्थिक वृद्धिदर ७.३ प्रतिशत, भारतको ६.५ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, मालदिभ्सको ३.९ प्रतिशत र श्रीलंकाको ३.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । 

विश्व बैंकले यसअघि चालु आर्थिक वर्षमा ५.२ र त्यसपछि ५.५ प्रतिशतको आर्थिक वृद्धिदर हुने आकलन गरेको थियो ।

कान्तिपुर

Link copied successfully