सामाजिक उत्तरदायित्वको रकम बिमा कम्पनीहरुले पुननिर्माण कोषमा जम्मा गर्न सक्ने  

सीएसआर बापत खर्च गर्नुपर्ने रकम सरकारले स्थापना गरेको सार्वजनिक संरचना पुननिर्माण कोषमा जम्मा गर्न सकिने ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

The amount of social responsibility can be deposited by the insurance companies in the reconstruction fund

काठमाडौँ — संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) बापत खर्च गर्नुपर्ने रकम सरकारले स्थापना गरेको सार्वजनिक संरचना पुननिर्माण कोषमा जम्मा गर्न नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  

बिमा कम्पनीहरुले पनि आफ्नो नाफाको कम्तिमा एक प्रतिशत रकम सीएसआरमा खर्च गर्नुपर्ने व्यवस्था छ । उक्त रकम  पुननिर्माण कोषमा जम्मा गर्न प्राधिकरणले भनेको हो । यो निर्देशन बाध्यकारी नभइ स्वेच्छिक भएको प्राधिकरणले बताएको छ ।  पुननिर्माण कोषमा जम्मा गरिएको रकम बापत कम्पनीहरुले कर छुट पाउनेछन् । 

 गत भदौ २३ को आन्दोलन र २४ गतेको प्रर्दशनमा धेरै जनधनको क्षति भएकाले बिमा कम्पनीहरुमा ठूलो रकमको बिमा दाबी परेको छ । यहीकारण बिमा कम्पनीहरुलाई बाध्यकारी व्यवस्था नगरी स्वेच्छिक गरिएको बिमा प्राधिकरणले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully