ट्रेकिङमा रहेका सबै पर्यटकहरुलाई सुरक्षित यात्रा सुनिश्चित गर्न यो सूचना पालना गर्न टानले अनुरोध गरेको छ।
काठमाडौँ — सगरमाथा क्षेत्रको नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस कारण, सबै ट्रेकिङ एजेन्सी तथा गाइडहरुलाई नम्चे र जोरसल्ले बीचको यात्रा गर्दा वैकल्पिक माथिल्लो मार्ग प्रयोग गर्न ट्रेकिंग एजेन्सीज एशोसिशन अफ नेपाल (टान) ले सरकुलर जारी गरेको छ ।
ट्रेकिङमा रहेका सबै पर्यटकहरुलाई सुरक्षित यात्रा सुनिश्चित गर्न यो सूचना पालना गर्न टानले अनुरोध गरेको छ।