आजै देशभर विद्युत् सुचारू हुन्छ : कुलमान घिसिङ

उनले मर्मत टोली खटाइसकेकाले सबैतिर बिजुली बल्ने दाबी गरे ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

Electricity will be restored all over the country today: Kulman Ghising

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले दक्षिण ललितपुरलगायत ग्रामीण क्षेत्रमा पोल ढल्दा बिजुली अवरुद्ध भएको बताएका छन् ।

उनले मर्मत टोली खटाइसकेकाले सबैतिर बिजुली बल्ने दाबी गरे ।

‘केही टावरहरूमा क्षति भएको छ, वितरणलाइनमा पनि क्षति पुगेको छ,' उनले भने, 'मर्मत टोली खटाएर अवरुद्ध भएको ठाउँमा विद्युत् फेरि सुरु गर्ने काम भइरहेको छ ।'

चाडपर्वमा कम बिजुली खपत हुने भन्दै निर्यात नै भइरहेको समेत उनले बताए । 

कान्तिपुर

Link copied successfully