अविरल वर्षाका कारण आपूर्ति श्रृंखला प्रभावित, अनधिकृत भण्डारण नगर्न नगराउन महासंघको आग्रह

दुई दिनदेखि निरन्तर वर्षाका कारण राजमार्ग अवरुद्ध र आपूर्ति प्रभावित बनेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Supply chain affected due to incessant rains, request of the federation to avoid unauthorized storage

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध हुँदा आपूर्ति श्रृंखला प्रभावित भएको जनाएको छ।

महासंघले वस्तु तथा सामग्रीको आपूर्तिमा जटिलता आए पनि यथासक्य निरन्तर आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ। बजारमा अभाव हुन नदिन र अनधिकृत भण्डारण नगर्न–नगराउन समेत महासंघले सम्पूर्ण सदस्यमा अपील गरेको छ।

दुई दिनदेखि निरन्तर वर्षा भइरहेका कारण जनजीवन प्रभावित भएको छ।

‘जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षाको सम्भावना छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध भएका छन् भने आपूर्ति श्रृंखला प्रभावित भएको छ। यस्तो समयमा उच्च सतर्कताका साथ व्यवसाय सञ्चालन गर्न र आवश्यक सावधानी अपनाउन महासंघका सदस्य तथा सम्पूर्ण उद्यमी व्यवसायीलाई आग्रह गर्दछौं।’

जोखिम न्यूनीकरण, उद्धार तथा राहत कार्यमा समेत सक्दो योगदान पुर्‍याउन महासंघले आग्रह गरेको छ।

कान्तिपुर

Link copied successfully