काठमाडौं बाहिर ९ वटा जहाज रोकिए, खराब मौसमकै कारण उडान प्रभावित

यसैबीच बिराटनगरबाट आएको यति एयरलाइन्सको जहाज पोखरा डाईभर्ट गरिएको छ । काठमाडौं विमानस्थलले दिउँसो १२:४५ बजेसम्म आन्तरिक उडान रोकेको छ ।

आश्विन १८, २०८२

सुरज कुँवर

9 ships stopped outside Kathmandu, flight affected due to bad weather

काठमाडौँ — खराब मौसमका कारण आज काठमाडौं विमानस्थलमा उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल कार्यालयका अनुसार शनिबार बिहान उडेका ९ वटा जहाज काठमाडौं बाहिर रोकिएका छन् ।

काठमाडौं विमानस्थलका अनुसार, रोकिएका जहाजहरूमै श्रीको एउटा जहाज भैरहवामा, यतिको एउटा जहाज भद्रपुरमा, सीताका दुईटा जहाज लुक्लामा, बुद्ध एयरका तीनवटा जहाज भद्रपुर, भैरहवा, नेपालगन्जमा, श्रीको एउटा जहाज बिराटनगरमा पुगेर रोकिएका हुन् । 

यसैबीच बिराटनगरबाट आएको यति एयरलाइन्सको जहाज पोखरा डाईभर्ट गरिएको छ । काठमाडौं विमानस्थलले दिउँसो १२:४५ बजेसम्म आन्तरिक उडान रोकेको छ ।

मौसममा सुधार नभएसम्म उडान पुनः सुरुवात नहुने विमानस्थलले जनाएको छ।

उडान नभएका कारण काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा यात्रुहरुको चाप अत्याधिक रहेको गौचरस्थित डोमेस्टीक टर्मिनल कार्यालयले जनाएको छ ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully