सुनको भाउ तोलाकै २ लाख २१ हजार ७ सय पुग्यो

सुनको भाउ आज तोलामै ३ हजार ९ सय रुपैयाँले बढेको हो

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

The price of gold reached 221 thousand 700 tolas

काठमाडौँ — नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँमा किनबेच भएकोमा आज तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । 

त्यसैगरी आज चाँदी २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३ हजार ७ सय ४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully