आइतबार प्रतितोला दुई लाख १७ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएकोमा आज सात सय रुपैयाँ बढेको हो ।
काठमाडौँ — सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार ८ सय रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएकोमा आज सात सय रुपैयाँ बढेको हो ।
त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा खरिद बिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
