नेप्से ११६ अंकले बढ्यो

गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार फेरि वृद्धिको बाटो समातेको छ ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased by 116 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ११६.०१ अंकले बढेर २ हजार ६ सय २७.९३ बिन्दुमा उक्लेको हो । गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार फेरि वृद्धिको बाटो समातेको छ । आइतबारको वृद्धि अघिल्लो दिनको तुलनामा ४.६१ प्रतिशतले बढी हो ।

सो दिन कारोबारमा आएकामध्ये २२४ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीका घटेको छ ।  १ लाख ८ हजार ९ सय ८ पटकको कारोबारमा २ करोड ३२ हजार २ सय २४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । 

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष र निर्जीवन बिमाबाहेक सबैको परिसूचक बढे ।

कान्तिपुर

Link copied successfully