नेप्सेमा १३३ अंकको गिरावट, दोस्रो सर्किट ब्रेकर लाग्यो

आज नेप्सेमा दुई पटक सर्किट ब्रेकर लाग्दा लगानीकर्ताको मनोबल घट्यो, बजार १३३.६१ अंकले घटेर २५३८.६३ विन्दुमा पुग्यो।

आश्विन २, २०८२

कान्तिपुर संवाददाता

A 133-point drop in NEPSE, a second circuit breaker

काठमाडौँ — जेनी-जीको आन्दोलनपछि पहिलो दिन बिहीबार खुलेको बजारमा नेप्से घटेर दोस्रो पटक सर्किट ब्रेकर लागेको छ ।

बिहीबार बजार खुलेको पहिलो दुई मिनेटमा नेप्से ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि सेयर कारोबार बन्द गरिएको थियो ।

त्यसपछि ११:२२ मा बजार खुल्यो । बजार खुलेको पहिलो मिनेटमा नेप्से ५ प्रतिशतले घट्यो । त्यसपछि दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि कारोबार रोकिएको छ ।

दोस्रो सर्किट ब्रेकर लाग्दा नेप्से १३३.६१ अंकले घटेर २ हजार ५ सय ३८.६३ विन्दुमा ओर्लेको छ । ४० मिनेटपछि बजार खेल्नेछ । त्यसपछि खुलको बजारमा नेप्से ६ प्रतिशतले बढ्दा आज दिनभरकै लागि सेयर बजार बन्द हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully