मंगलबार स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनायो, चाँदी भने प्रतितोला ४५ रुपैयाँ घटेर दुई हजार ५५० रुपैयाँमा बिक्री हुँदैछ।
काठमाडौँ — आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ । आजका लागि सुनको मूल्य तोलामा दुई लाख १६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १ सय रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर दुई हजार ५५०रुपैयाँमा किनबेच हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
