सुनको मूल्य तोलाको दुई लाख १७ हजार

सोमबार प्रतितोला दुई लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार ९ सय रुपैयाँ बढेर दुई लाख १७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

भाद्र ३१, २०८२

कान्तिपुर संवाददाता

The price of gold is 2 lakh 17 thousand tolas

काठमाडौँ — सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार ९ सय रुपैयाँ बढेर दुई लाख १७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै चाँदीको मूल्य तोलाको दुई हजार ५९५ रुपैयाँ पुगेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully