असोज २ गतेसम्म सेयर बजार बन्द 

भाद्र २७, २०८२

यज्ञ बञ्जाडे

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) असोज २ गते बिहीबारसम्म बन्द हुने भएको छ । नेप्सेले शुक्रबार सूचना जारी गरेको उक्त जानकारी दिएको छ । यो अवधिमा राजनीतिक अस्थिरता भएको भन्दै आउँदो साता सेयर बजार बन्द निर्णय नेप्सेले गरेको हो । 

‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार भदौ २९ देखि असार २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा जानकारी गराइन्छ,’ नेप्सेको सूचनामा भनिएको छ । 

यसअघि पनि नेप्सेले गत बुधबार र बिहीबार सेयर बजार बन्द गरेको थियो ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully