काठमाडौं — जेन-जीको प्रर्दशनका कारण सिर्जना भएको असहज परिस्थितिमा बन्द रहेका बिमा कम्पनीहरुले शुक्रबारदेखि कार्यालयमै उपस्थित भएर सेवा प्रवाह सुरु गरेका छन् । यसअघि बिमा प्राधिकरणले नै घरबाटै सेवा दिन आग्रह गरेको थियो ।
सोहीअनुसार बिमा प्राधिकरणले बिहीबार घरबाटै सेवा दिएका थिए । आज बिमा प्राधिकरणले सूचना जारी गरेर कार्यालयमै उपस्थित भएर सेवा दिन भनेको छ । सूचनामा कार्यालयमा उपस्थित हुन नसक्ने अवस्थामा बाहेक भौतिक रुपमै कार्यालय खोलेर सेवा सुरु गर्न आग्रह गरेको छ ।
‘बिमा कम्पनीहरुले सुरक्षा निकायको आदेश अनुरुप रुपमा कार्यालयमा उपस्थित हुन नसक्ने अवस्थामा घरबाटै काम सम्पादन गर्न र कार्यालयमा भौतिक रुपले उपस्थित हुन नसक्ने अवस्थामा कार्यालयमा हाजिर भइ कार्यासम्पादन गर्न सकिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,’ बिमा प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।
सो सम्बन्धमा सुरक्षा निकायको आद्श अनुरुप हुनेगरी समन्वय गरी कार्य गर्न गराउन प्राधिकरणले भनेको छ ।
