नजिकिएको दसैंतिहारलगायतका चाडपर्वको कारण पनि सामान्य भन्दा बढी मालवस्तु आयात हुने क्रम बढेको थियो । तर आन्दोलनको कारण अचानक मुलुककै मुख्य नाका भन्सारको दैनिक कामकाज नै ठप्प हुन पुग्यो ।
पर्सा — आन्दोनलको कारण मंगलबार र बुधबार दुई दिन बन्द रहेको वीरगन्ज भन्सार कार्यालयको कामकाज बिहीबारदेखि आंशिक सुरु भएको छ ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु ज्ञवालीले बिहीबार दिउँसो ४२ वटा इन्धन बोकेको ट्याङ्कर र ४४ वटा ग्यास बुलेट जाँचपास गरिएको बताए । दुई दिन भन्सार बन्द भएपछि राजश्व संकलन पनि शून्य रहेको थियो ।
राजश्व संकलनको दृष्टिले यो मुलुककै ठूलो भन्सार हो । भदौ महिनामा सामान्य दिनमा यो भन्सारले औसतमा ७० देखि ७२ करोड रुपैयाँ राजश्व संकलन गर्दै आएको थियो ।
भन्सार यार्डमा बिहीबार पनि १ हजार बढी मालवाहक सवारी साधन अड्किएको ज्ञवालीले जानकारी दिए । ‘भन्सार यार्डमा १ हजार देखि १ हजार तीनसम्म मालवाहक सवारी अड्किएर बसेका छन्,’ उनले भने, ‘स्थिति सामान्य हुँदै गएपछि बिस्तारै यी मालवाहक सवारी पनि बाहिरिनेछन् ।’
चालु आर्थिक वर्षदेखि वीरगन्ज भन्सार कार्यालयमा सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय पनि गाभिएको छ । नजिकिएको दसैंतिहारलगायतका चाडपर्वको कारण पनि सामान्य भन्दा बढी मालवस्तु आयात हुने क्रम बढेको थियो । तर आन्दोलनको कारण अचानक मुलुककै मुख्य नाका भन्सारको दैनिक कामकाज नै ठप्प हुन पुग्यो ।
-1757612747-1000x0.jpg&w=1001&h=0)