अण्डा मुख्यत: चितवन, दाङ, मकवानपुर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा उत्पादन हुन्छ । चितवनलाई आधारमा मानेर अण्डाको मूल्य निर्धारण गरिन्छ । संघले मिडियम अण्डाको मूल्य प्रतिक्रेट ५१५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५३० रुपैयाँ तोकेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले अण्डा बिक्रीमा समस्या नभए पनि ढुवानीमा समस्या उत्पन्न भएको जनाएको छ । सवारी साधन भएका केही व्यवसायीले आफैं ढुवानी ग रेपनि अन्यको हकमा भाडाका ढुवानी साधान समेत नपाइएको संघका सचिव मदन पोखरेलले बताए ।
‘बन्द हडताल निषेधाज्ञाले ढुवानीमा अवरोध भयो । आफ्नै स्रोत भएका केही साथीहरूले ढुवानी गरेका पनि छन् । तर भाडाका सवारी पाएनौँ,’ सचिव पोखरेलले भने, ‘अहिलेको अवस्थामा उत्पादनमा समस्या छैन । ३/४ दिनलाई पुग्ने मौज्दात पनि छ । तर ढुवानी गर्न सकेनौँ ।’
