डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले पनि किराना पसल, चिया पसल, होटल बन्द हुदा डेरीबाट दूध बिक्री हुन नसकेको जनाए ।
अत्यावश्यक वस्तुका रूपमा रहेको दुग्ध पदार्थको आपूर्ति सहज बन्दै गएको छ । दुग्ध विकास संस्थान(डीडीसी) र डेरी उद्योग संघका अनुसार बजार आपूर्तिमा कुनै समस्या छैन । तर नेपाली सेनाको कर्फ्यु र निषेधाज्ञाले भने खुद्रा/किराना पसलबाट सर्वसाधरणलाई बिक्रीमा समस्या रहेको जनाएको छ ।
‘सामान्य अवस्थामा डीडीसीले उपत्यकामा दैनिक ६८ हजार देखि ७० हजार लिटर दूध बिक्री गर्दै आएको छ । बिहीबार करिब ६२ हजार लिर दूध बिक्री भएको छ,’ डीडीसीका निमिक्त महाप्रबन्धक सञ्जीव झाले भने, ‘अत्यावश्यक वस्तु भएकाले आपूर्तिमा समस्या देखिएको छैन । तर पसलबाट सर्वसाधरणलाई बिक्रीमा समस्या देखियो । बिक्री गरेको दूध फिर्ता आउने समस्या बढ्यो ।’ झाका अनुसार मंगलबार केही समस्या देखिएपनि बुधबारदेखि सबै जिल्लाबाट दूध आएको छ । किसानको दूध पनि बिस्तारै उठेको छ ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले पनि किराना पसल, चिया पसल, होटल बन्द हुदा डेरीबाट दूध बिक्री हुन नसकेको जनाए । ‘डेरी उद्योगीहरूले दूध संकलन गरिराखेका छन । डेरी उद्योगले संकलन र होल्ड गर्ने क्षमता अनुसार गरेका छन, तर समस्या बिक्री भएन । पसल, होटलहरू खुलेनन्,’ अध्यक्ष दाहालले भने, ‘किसानबाट डेरीसम्म ल्याउन समस्या नभएपनि बजारमा समस्या देखियो । बिक्रीमा कमी आयो ।’
केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर बहादुर कुवरले दूधका ट्यांकर एम्बुलेन्स सहर भएकाले आपूर्ति सहज हुँदै गएको बताए । ‘दुई/तीन दिनअघि किसानबाट संकलन भएर सहकारीमा डम्प भएको थियो । अब बिस्तारै डेरीहरूले पनि उठाएका छन्,’ उनले भने, ‘तर समस्या बिक्री वितरणमै भयो । बजार सबै खुला नहुँदा आपूर्ति प्रणालीमा अवरोध आयो ।’
