दोहोरो अंकले घट्यो नेप्से

कुल २२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको मूल्य घट्यो ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by double digits

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३५.९९ अंकले घटेको छ । एक दशमलव ३२ प्रतिशतले घटेपछि नेप्से २६ सय ७२ दशमलव २५ विन्दुमा ओर्लिएको छ ।

कुल २२ कम्पनीको सेयर मूल्य बढ्यो भने २२९ कम्पनीको मूल्य घट्यो ।

कुल ५९ हजार ७०४ पटकको कारोबारबाट ५ अर्ब २३ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार सबै उपसमूहहरु घट्यो । घट्ने उपसमूहमा निर्जीवन बिमा, जीवन बिमा, होटल तथा पर्यटन, विकास बैंकलगायत रह्यो ।

नेप्सेका अनुसार १ करोड १७ लाख १४ हजार ५४३ कित्ता सेयर किनबेच भए । 

हिमस्टार ऊर्जा कम्पनीको ९.९९, एनसीसी डिबेञ्चर २०८६ को ४.३५, युनियन हाइड्रोपावरको ३.०८, युनिभर्सल पावर कम्पनीको ३.०४,  गरिमा डिबेञ्चर (२०८५) को २.९२ प्रतिशतले सेयर मूल्य बढ्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully