आज सुनको मूल्य प्रतितोला २ लाख १२ हजार

शुक्रबार प्रतितोला दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज दुई हजारले बढेर दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

भाद्र २२, २०८२

रासस

Today the price of gold is 2 lakh 12 thousand per tola

काठमाडौँ — अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबार प्रतितोला दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज दुई हजारले बढेर दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० ले बढेको छ । आज एक तोला चाँदी दुई हजार ५०० मा किनबेच भइरहेको छ । 

गत बुधबार एक तोला सुन दुई लाख सात हजार ९०० र त्यति नै परिमाणको चाँदी दुई हजार ४८० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

रासस

Link copied successfully